जिल्ला अदालत दार्चुलाका न्यायाधीश भट्टकाे सरुवा

दार्चुला- जिल्ला अदालत दार्चुलामा कार्यरत रहेका न्यायाधीश खेमराज भट्टको सरुवा भएको छ । मंगलबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश भट्टको सरुवा गरेको हो । न्यायपरिषद्को निर्णय अनुसार भट्ट काठमाडौं जिल्ला अदालतमा सरुवा भएका हुन।

उनको ठाउँमा अब जिल्ला अदालत महोत्तरीबाट धुब्र कुमार ढकाल दार्चुलाको नयाँ  न्यायाधीशको रुपमा जिल्ला आउने  भएका छन ।

सरुवा भएर गएका भट्ट विःस २०७९ भाद्र ४ गते कैलाली जिल्ला अदालतबाट सरुवा भएर दार्चुला आएका थिए । विदाई गरेर गएका न्यायाधीश खेमराज भट्टको जिल्ला अदालतमा आज बुधबार एक कार्यक्रमको आयोजना गदैँ कार्यालयका कर्मचारीहरुले विदाई गरेका हुन् ।

कार्यालयमा रहेका कर्मचारीहरुले न्यायाधीश भट्टलाई फुलमाला दोसल्ला अविर र मायाको चिनोदिएर विदाई गरेको अदालतका सुचना अधिकारी गणेश बहादुर विष्टले जानकारी दिए ।

डेढ वर्ष दार्चुला बसेका न्यायाधीश भट्टले न्यायसम्पदानमा राम्रो काम गरेको बताए । जिल्ला अदालतमा म्यादनाघेका मुद्धाहरु नरहेको भन्दै उहाँको कार्यालयमा न्यायसम्पदान राम्रो रहेको बताए  ।

Leave A Reply

Your email address will not be published.