दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको मंगलबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताउनुभयो ।
घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाका ५ छोरी र एक छोरा रहेका छन् । उहाँका श्रीमानको पनि तीन बर्ष अगाडि मृत्यु भईसकेको बताइएको छ ।