निङ्गलाशैनी आधारभुत विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन

काठमाडौं- बैतडीको डिलाशैनी गाउँपालिका–६ नेगाउँमा रहेको निङ्गलाशैनी आधारभुत विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन भएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नर बहादुर मालको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि डिलाशैनी–६ का वडाध्यक्ष उत्तर बहादुरद बोहरा रहेका थिए ।

वडाध्यक्ष बोहराले विद्यालयको शैक्षिक एवं भौतिक प्रगतिमा गाउँपालिका र आफ्नो वडाबाट हुने सहयोग गर्ने बताएका छन् । यस्तै प्रधानाध्यपक मोहन बोहराले विद्यालयको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार दिइएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, राजनीति दलका प्रतिनिधि लगायतको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.