दार्चुला- नेपाली काँग्रेस दार्चुलाका नेता मदन गिरीलाई काँग्रेसको बैदेशिक रोजगार समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सभापति बीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्य रहेका गिरीलाई वैदेशिक रोजगार समन्वय विभाग प्रमुखमा नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसको विधानको धारा १३ उपधारा १ बमोजिम वैदेशिक रोजगार समन्वय बिभाग प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ ।
नेपाली कांग्रेस पार्टीलाई थप मजबुत, सुदृढ एवं गतिशिल बनाउन गिरीको भूमिका महत्त्वपूर्ण रहने विश्वास लिइएको काँग्रेसले जनाएको छ ।