सजानी बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

दार्चुला – दार्चुलाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा रहेको सजानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष किसन सिंह सामन्तको अध्यक्षता रहेको कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष धन सिंह धामी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष श्याम सिंह सामन्त लगायत सदस्यहरुको उपस्थितिमा संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको जनाएको छ।

२०७९ माघ श्रीपंचमीको दिन देखि सञ्चालनमा आएको संस्थाले १ वर्षमै उल्लेख्य कार्यप्रगति गरेको संस्थाका अध्यक्ष किसन सिंह सामन्तले बताए ।

 

३० जना सेयर सदस्यहरुले सञ्चालन गरेको संस्थामा अहिले ५१ जना सेयर सदस्य रहेको अध्यक्ष सामन्तले बताए ।

 

संस्थाको प्रस्तुत प्रतिवेदन अनुसार ८ लाख ५७ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । यस्तै सस्थाको कुल शेयर ७ लाख ५० हजार रहेको जनाइएको छ । वडा नम्बर ४ का अध्यक्ष धन सिंह धामीले छोटो समयमै धेरै प्रगति गरेको भन्दै संस्थाको प्रसंशा गरे ।

Leave A Reply

Your email address will not be published.