दार्चुलामा बस दुर्घटना, १४ जना घाइते

दार्चुला- दार्चुलामा बस दुर्घटना भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित नगरपालिकाको डम्पिङ साइड नजिक दुर्घटना भएको हो ।

आज बिहान ६ बजेतिर बस दुर्घटना हुदा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १४ जना अस्पताल भर्ना भएका हुन भने १ जना सामान्य घाइते छन् । घटनास्थलबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

Leave A Reply

Your email address will not be published.