दार्चुला बस दुर्घटना अपडेट : घाईते सबैको पहिचान खुल्यो (नामावलीसहित)

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाईते भएका १५ जनाको पहिचान खुलेको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको  दिवा सेवाको यात्रुवाहक बस   महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइड नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको  थियो ।

जसमा चालक सहित १४ जना घाइते भएका थिए । घाइतेहरुमध्ये ११ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ भने ४ जनालाई रेफर गरिएको जिल्ला प्रहरी कार्यलाय दार्चुलाले जनाएको छ । घटना के कति कारणले हुन पुग्यो त्यसको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको नामावली

१ निरुता ओड महाकाली नगरपालिका वडा नम्बर ५ बस्ने
२ नरेन्द्र धामी, कैलाली
३ बिर बहादुर बम दुहुँ गाउँपालिका वडा नम्बर ५ बस्ने
४ प्रमानन्द भट्ट ब्याँस गाउँपालिका वडा नम्बर ४ बस्ने
५ कमला बम दुहुँ गाउँपालिका वडा नम्बर ५ बस्ने
६ लाल सिंह कार्की महाकाली नगरपालिका वडा नम्बर १ बस्ने
७ लक्ष्मण महरा बैतडी
८ प्रशान्त पौडेल बैतडी
९ हरक सिंह कार्की दुहुँ गाउँपालिका वडा नम्बर ३ बस्ने
१० जगत सिंह कार्की महाकाली नगरपालिका वडा नम्बर १ बस्ने
११ तारा दत्त ओझा महाकाली नगरपालिका वडा नम्बर ६ बस्ने
१२ भुवन ठगुन्ना बैतडी
१३पशुपति देवी टमटा महाकाली नगरपालिका ५ बस्ने
१४ महेश भट्ट कंञ्चनपुर

१५ भरत धामी अपिहिमाल गाउँपालिका ३ बस्ने

 

Leave A Reply

Your email address will not be published.