एपीएफ डे’ का अवसरमा जिल्लास्तरीय खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिता संचालन

दार्चुला – २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा दार्चुलामा जिल्ला स्तरीय खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७, बैद्यनाथ बाहिनीका बाहिनिपति कुमार न्यौपानेले एक कार्यक्रमका बीच जिल्लास्तरीय खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका १०, सशस्त्र प्रहरीका ७, नेपाली सेनाको १ र अन्य १४ टोली गरी जम्मा ३२ टोलीको सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर बिष्टले बताए ।

यस्तै सशस्त्र प्रहरीले मात्रै सहभागिता जनाउने गरी आन्तरिक टेबल टेनिस प्रतियोगिताको समेत उद्घाटन गरिएको छ । प्रतियोगिता माघ ९ गतेसम्म संचालन हुनेछ ।

जिल्ला स्तरीय खुल्ला डबल्स ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु १० हजार ५ सय , दोस्रो हुनेलाई ६ हजार ५ सय र तेस्रो हुने टिमलाई ३ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजक ४४ नम्बर गणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.