नौगाडमा बेवारिसे शव फेला

दार्चुला- दार्चुलामा बेवारिसे शव फेला परेको छ । जिल्लाको नौगाड गाउँपालिका-५ शौकेबगडस्थित नौगडेश्वरी माविको पारीपट्टि भीड भन्ने स्थानमा अन्दाजी ३०/३२ वर्षीया महिलाको बेवारिसे शव फेला परेको हो । बिहान फेला परेको शवको पहिचान हुन सकेको छैन । घटनास्थलतर्फ प्रहरी चौकी होपरिगाडबाट प्रहरी टोलि खटिएको छ ।

Leave A Reply

Your email address will not be published.