समुदायमा काँग्रेस अभियान : दार्चुलामा सामाजिक कार्यसहित ६१ वटै वडामा उद्घाटन गरियो

दार्चुला- नेपाली काँग्रेसको समुदायमा काँग्रेस अभियान आजदेखि सुरु भएको छ । समुदायमा गएर समुदायका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो । सोमवार बीपी स्मृति प्रतिष्ठान भवनमा बसेको नेपाली काँग्रेस दार्चुलाको बिस्तारित बैठकले मंगलबारबाट जिल्लामा अभियान संचालन गर्ने निर्णय गरेको नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्य बाहक सभापति महादेव बडू कश्यपको सभापतित्व तथा केन्द्रीय प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा बसेको हो । ६१ वटै वडामा कुनै न कुनै सामाजिक कार्यगरी अभियानको उद्घाटन गरिएको सचिव कार्कीले बताए ।

जिल्लाका ६१ वटै वडामा प्रतिनिधि खटाएर अभियान सञ्चालन गरिएको उनले बताए । प्रत्येक वडामा अभियान सञ्चलालनका लागि जिल्लास्तरका नेताहरुको कार्यविभाजन गरी खटाइएको छ । समुदायमा काँग्रेस अभियानका लागि जिल्लाका ९ वटै पालिकामा संयोजक र ६१ वडामा प्रतिनिधि तोकि खटाइएको हो ।

अभियानमा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी भई जनताका समस्या र गुनासा सुन्ने, स्थानीय, प्रदेश, केन्द्र सरकारसँग गुनासा र काँग्रेससँगका गुनासा सुन्ने र बुझ्ने बताइएको छ । माघ २६ गते स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसको सन्दर्भमा कार्यक्रमको समापन गरिने काँग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.