दार्चुला– दार्चुलामा भन्सार छली ल्याएको चामल र चिनी बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिकाबाट प्रहरीले चामल र चीनी बरामद गरेको हो । अवैध रुपमा सामान ओसार पोसार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका वडा–४ बसपार्कबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार ९२ कठ्ठा भारतीय अंगुरी चामल र ३ कठ्ठा चिनी बरामद गरिएको बताएका छन ।
अबैध चामल र चीनी ओसारपोसार गर्ने ट्याक्टर चालक दुहुँ गाउँपालिका–१ खर्राका उपेन्द्रसिंह धामी र सामानका साहु महाकाली नगरपालिका वडा–४ का विनोद पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सुचना अधिकारी सिंहले जानकारी दिए ।
ट्याक्टरमा भन्सार छली गरेर अन्ताजी १ लाख ८४ हजार बराबरको अंगुरी चामल र १० हजार ५सय रुपैयाँ बराबरको चिनी बरामद गरि आवश्यक कारबाहिको लागि भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।