महाकाली नदीमा खसेका कुँवरकाे सशस्त्र प्रहरीद्वारा उद्वार

दार्चुला- दार्चुलाकाे महाकाली नदीमा खसेका एक पुरुषकाे सशस्त्र प्रहरीले उद्वार गरेकाे छ ।

जिल्लाको महाकाली नगरपालिका-४ रिङ्गतालस्थित महाकाली नदिको किनारामा खसेका सोही नगरपालिका-१ छापरी बस्ने ४२ वर्षिय मदन कुँवरको सशस्त्र प्रहरीले उद्धार गरेको हो।

कुँवर मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदिको किनारामा निर्माण भएको बाँधबाट खसेको सशस्त्र प्रहरीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.