२३ गते गोकुलेश्वरमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने

दार्चुला-  दार्चुलाको गोकुलेश्वरमा माघ २३ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । शैल्यशिखर नगरपालिकाको आयोजना र काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सन्चालन हुन लागेको हो ।

गोकुलेश्वर माविको प्राङ्गणमामा हुने स्वास्थ्य शिविरको व्यवस्थापनको जिम्मेवारी नगरपालिका र विद्यालयले नै लिएको छ ।

स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य सेवा, प्रसुती तथा स्त्री रोग सेवा, बाल रोग, शल्यक्रिया सेवा, हाडजोर्नी तथा नशा सम्बन्धी सेवा, छाला तथा यौन रोग, नाक, कान, घाँटी रोग सम्बन्धी उपचार सेवा, आँखा रोग, दन्त रोग, मानशिक तथा नशा रोग सेवा र मुटु तथा मृगौला रोग सेवा प्रदान गरिने आयोजक शैल्यशिखर नगरपालिकाले जनाएको छ।

शिविरमा स्वास्थ्यचौकीबाट निशुल्क प्राप्त हुने औषधिहरु निशुल्क प्राप्त गर्न सकिने भने छ भने थप औषधिहरु बिरामी आँफैले किन्नुपर्ने जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.