सुदूरपश्चिममा सत्ताधारी माननीय नै सरकारविरुद्ध फायर

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन्।

हिजो (सोमबार) बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन्।

सांसदहरुले चरम असन्तष्टी प्रकट गरेपछि सभामुखले ७ दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ समेत गरेका छन्। प्रदेश सभा सदस्यहरुका लागि सभामुख भीमबहादुर भण्डारीले सुन्य समय उपलब्ध गराएका थिए।

नेकपा माओवादी केन्द्रका उप–नेता अक्कल रावलले सरकारले सदनमा गरेका बाचाहरू पूरा नगरेको अरोप लगाए। नेकपा माओवादी केन्द्र सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुई जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा छ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले पनि सरकारले किसानका समस्या नबुुझेको आरोप लगाए। उनले अहिलेसम्म किसानहरुले बाढीमा भएको नोक्सानको राहत समेत नपाएको आरोप लगाए।

उनले भौतिक पूर्वाधार मन्त्रालयले हालै ठेक्का लगाएका धनगढीका १९ वटा सडकका बारेमा पनि आफुहरुसँग छलफल नगरिएको आरोप लगाए। उन्मुक्ति भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ।

सत्ताका सारथी दलहरु मात्रै होइन्, सरकाको नेतृत्व सम्हालेको नेपाली काँग्रेसले पनि सरकारको खुलेर विरोध गरेको छ। स्वास्थ्यका उपकरण खरिदमा भ्रष्टाचार हुँदा पनि सरकार नबालेको काँग्रेस सांसद प्रकाश बहादुर बमले आरोप लगाए।

उनले भने, ‘दुई करोडमा आउने स्वास्थ्यका उपकरणहरु ९ करोडमा खरिद हुदैछन्। कमिशनका लागि त्यस्तो भएको हो। मन्त्रीपरिषदले त्ससको छानबिन गर्नुुपर्छ।’

प्रतिपक्षमा रहेको नेकपा एमालेले पनि सरकार भएको अनभुती नभएको भन्दै विरोध गरेको छ। उसले नीति तथा कार्यक्रमअनुसार नचलेको आरोप लगाएको छ।

‘सरकार छैन भने झण्डावाला गाडिहरु गुडेकै छन्, छ भनुभने कुनै काम भएको छैन्,’ एमाले सांसद विरबहादुर थापाले भने।

एमालेका अर्का सांसद धर्मराज पाठकले विचौलिया र दलालहरु लगाएर प्रदेश सरकार अनुदान वितरण र कमिशनमा डुविरहेको आरोप लगाए। एमालेबाट सांसदहरु सन्तोष शर्मा थापा, सुरेन्द्र पालले पनि सरकारको विरोध गरेका थिए।

Leave A Reply

Your email address will not be published.