सांसद सिंहको प्रश्न– यो देश प्रचण्ड, देउवा र महतको मात्रै हो ?

काठमाडौं- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको आरोप लगाएका छन्।

आज (बुधबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोटमा मात्र बजेट खनाइएको आरोप लगाएका हुन्।

‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको हो? नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन्,’ सांसद सिंहले प्रश्न गरे, ‘३ जनाको मात्र हो यो देश ? नुवाकोटमा २ खर्ब भन्दा बढीको आयोजना गएको छ। तीन नेताले चलाउने हो भने संसदमा बजेट किन ल्याउने?’

Leave A Reply

Your email address will not be published.