दार्चुला- नेपाली काग्रेसबाट वडा अध्यक्षमा निर्वाचित व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका मङ्गलसिह धामीले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेको काठमाण्डौँमा भएको विधान महाधिवेशनमा धामीले नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले टिका लगाएर पार्टी प्रवेश गराएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
एमालेको प्रथम विधान महाधिवेसनको अवसरमा आयोजित कार्यक्रममा धामीले काठमाण्डौं पुगेर एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली काग्रेस व्याँस गाउँ सभापति पदमा पराजीत भए लगत्तै धामी काग्रेसले आफ्नो मूल्याङ्न नगरेको भन्दै नेकपा एमाले प्रवेश गरेका हुन् ।
कांग्रेश पार्टीले कार्यकर्ताको उचित मूल्याङकन गर्न सकेन् वडाअध्यक्ष धामीले भन्नुभयो, एमालेले गरेको विकास र विचार मनपराएर अहिले आफु एमालेमा प्रवेश गरेको हु ।