बुबाको वार्षिकीमा सामन्तले गरे अनाथालयलाई खाद्यान्न र स्टेशनरी सहयोग

दार्चुला– स्वर्गीय बुबा दान सिंह सामन्तको वार्षिक पुण्यतिथिको अवसर पारेर नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापति किशन सिंह सामन्तले महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाको छात्रबासका लागि आवश्यक खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरेका छन् ।

सभापति सामन्तले शनिबार मालिकार्जुन गाउँपालिका–१ सजानी घरमा बुबाको वार्षिकी मनाएर साझ महेन्द्र नमूना माविको छात्राबासमा रहेका अनाथ असाहय बालबालिकाहरुको सहयोगार्थ खाद्यान्न र स्टेशनरी वितरण गरेको महेन्द्र नमुना माविद्का प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए ।

पूर्व शिक्षक रहेका आफ्ना स्वर्गीय बुबा दान सिंह सामन्तको वार्षिक पुण्यतिथिमा सभापति सामन्तको परिवारले खाध्यान्नमा चामल, दाल र स्टेशनरी सामग्री सहयोग गरेको उनले बताए । खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा सभापति सामन्त स्वर्गीय बुबालाई सम्झेर एकछिन भावुक भएका थिए । सभापति सामन्तले आफ्ना बुबाको सम्झनामा अनाथालयमा खाद्यान्न र स्टेशनरी सहयोग गरेको बताए । साथै उनले अनाथालय भवन वरीपरी घेर पर्खाल, पानी धारा र फोहोर व्यवस्थापनका लागि पनि सक्दो सहयो गर्ने बचन दिए ।

अनाथालय पुगेर त्याहाको वस्तुस्थितिको बारेमा जानकारी लिएका सभापति सामन्तले अनाथालयको थप व्यवस्थापनमा कुनै पनि सरकारको ध्यान नपुगेकोमा गुनासो गरे । ‘भगवानले दिएको पीडाले छटपटिएका बालबालिकाहरुलाई अनाथालयमा ल्याएर थप पीडा दिनु हुदैन्, यसको व्यवस्थापन र सहयोग गर्ने कुरामा सबैले एकजुट हुनुपर्छ, उनले भने । आफ्नो प्रचारप्रसारका लागि नभएर बुबाको सम्झनामा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको उनले प्रष्ट्याए ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बनेको अनाथालय भवन भित्रको व्यवस्थापनमा अहिलेसम्म सबै सहयोगी मनहरुले सहयोग गर्दै आइरहेको तथा थप सहयोग गर्न महेन्द्र माविका प्रधानाध्यापक रामदत्त जोशीले आग्रह गरे ।

सभापति किसन सिंह सामन्त संगै उनकी धर्मपत्नी हिरा सामन्त, सहोदर दाई गगन सिंह सामन्त, भाई श्याम सिंह समान्त, उनकी धर्मपत्नी नन्दा सामन्तलगायत परिवारका सदस्यहरु अनाथालय पुगेर सहयोग गरेका हुन् । पूर्व शिक्षक तथा सभापति सामन्तका बुबा दान सिंह सामन्तको ७६ वर्षको उमेरमा गत वर्ष निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.