बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढ्यो

काठमाडौं– बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढेको छ । आगामी फागुन २८ र २९ गते आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी तिब्र पारिएको हो । अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेको छ ।

शनिबार अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ । अधिवेशनका लागि सबै वडाबाट ६ सय बढी प्रतिनिधि छनोट भएका उनले बताए । ७५ संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका र दलित संगठित सदस्यबाट ४० जना बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका बताइएको छ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । यहि फागुन २८ र २९ गते हुने अधिवेशनको तयारी तीव्र पारिएको हो। अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमाले बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.