केन्द्रिय गठबन्धनको पराकम्पन्न : सुदूरपश्चिममा माओवादीका सबै मन्त्री बर्खास्त

काठमाडौं– सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका सबै मन्त्री बर्खास्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादीका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको हो।

केन्द्रमा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्। शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई आज (मंगलबार) बर्खास्त गरेका हुन्।

Leave A Reply

Your email address will not be published.