एमालेबाट दामोदर भण्डारी मन्त्री बन्दै

काठमाडौं– नयाँ गठबन्धनको सरकारमा एमालेको तर्फबाट दामोदर भण्डारी मन्त्री बन्ने भएका छन् । सचिव रघुबिर महासेठको नेतृत्वमा एमाले प्रचण्ड सरकारमा सहभागी हुँदैछ । बैतडीबाट प्रतिनिधीसभामा निर्वाचित भण्डारी दोश्रो पटक उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री बन्न लागेका हुन् ।

बैतडीबाट लगातार तिन पटक प्रतिनिधीसभामा बिजयी भएका भण्डारी यस अघी केपी ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए । अनेरास्वबिउ बाट राजनिति थालेका भण्डारी पार्टी सुदुरपश्चिम प्रदेशका निबर्तमान अध्यक्ष हुन् भने हाल केन्द्रिय सदस्य समेत रहेका छन् ।

भण्डारी संगै एमालेबाट राजेन्द्र राई, ज्वालाकुमारी शाह, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई पनि एमालेले पुन सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ । रघुवीर पनि गत वर्षको प्रचण्ड टीममा थिएनन् । यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा ८ वटा मन्त्रालय परेको थियो ।

Leave A Reply

Your email address will not be published.