राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

काठमाडौं– पार्टीका एक जिम्मेवार नेतामाथि कार्यालयभित्रै भौतिक आक्रमण भएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिथोलिएको छ । अहिले नेताहरू घटनाको सीसीटीभी फुटेज हेरिरहेका छन् ।

बैठकमा महामन्त्री विक्रम पाण्डे र केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठबीच चर्काचर्की भएको थियो । बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा पाण्डेका समर्थकले श्रेष्ठलाई लखेटेर कुटेका हुन् । अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

खानपिन सकिएपछि पार्टीका प्रमुख नेताहरू अध्यक्ष लिङदेनको कार्यकक्षमा जम्मा भएर सीसीटीभी फुटेज हेर्न थालेका हुन् । प्रवक्ता श्रेष्ठले घटनाको पार्टीले छानविन गरेर दोषीलाई कारवाही गर्ने उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.