मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

काठमाडौं– मोरङको बेलबारीमा बमबहादुर लिम्बुले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । राती श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमानले बमबहादुरले पनि आत्महत्या गरेका हुन् ।

बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीय गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

बमबहादुरले श्रीमतीको टाउकोमा दाउले हानेको र प्रहरीले जनाएको छ । गीताको शरीरका विभिन्न भागमा समेत चोट लागेको छ ।गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.