अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको ज्यान गयो

दार्चुला । उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताउनुभएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बलले घेरा हालेर अनुसन्धान सुरु गरेको छ । गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको छ ।

Leave A Reply

Your email address will not be published.