दार्चुलामा ६७ हजार बढीले कोरोना विरुद्धको खोप लगाए

अमर सिंह धामी, दार्चुला । दार्चुलामा हाल सम्म ६७ हजार ५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

जिल्लामा विभिन्न समयमा सञ्चालन भएका खोप अभियानमा पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६७ हजार ५३ बढी रहेको छ । जिल्लामा हाल सम्म ३४ हजार ४ सय १८ जनाले पहिलो मात्रको खोप लगाएका छन भने २७ हजार ६ सय ६५ जनाले कोरोना विरुद्धको खोपको दुबै मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा हाल सम्म विभिन्न मितीमा सञ्चालन भएका खोप अभियानबाट जिल्लाका ६७ हजार ५३ जनाले कोरोना विरुद्धको खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.