दार्चुलामा साढे २ किलो बढी चरेससहित जयलाल र हर्कलाल पक्राउ

दार्चुला-  दार्चुलामा २ किलो ७ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको महाकाली नगरपालिका–१ श्रीबगडबाट दुई जनालाई पक्राउ गरेको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेराका जयलाल सिंह कुँवर र कन्चनपुरको कृष्णपुर नगरपालिका–३ का हर्कलाल रानालाई चरेससहित सोमवार अप्राहन्नको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

उनीहरुलाई सुन्सेराबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ त १३१० नम्बरको ट्याक्टरबाट नियन्त्रणमा लिइएको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर चेकजाँच गर्ने क्रममा चरेस भेटाउँदा बरामद गरिएको सूचना अधिकारी सिंहले बताए । यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.