खामलाई चितवन ल्याइयो, आजै अदालतमा पेश गरिने

काठमाडौं– व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए ।

खाम हिजो काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो ।

आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने भएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।

Leave A Reply

Your email address will not be published.