इन्टरनेश्नल पब्लिक स्कुलको आयोजनामा फुटबल प्रतियोगिता हुने

कञ्चनपुर।

कञ्चनपुरकाे महेन्द्रनगरमा अन्तर बिध्यालय फुटबल खेल आयोजन हुदैछ।

 

भीमदत्तनगर पालिका-०३ मा रहेकाे ईन्टरनेशनल पब्लिक स्कूलले फुटबल खेल आयोजना गर्न लागेको हो।

 

साेमबार बिध्यालयका प्रशासन प्रमुख हेमन्त बहादुर सिंह र शिक्षक हेम पनेरुले खेल नियम तथा टाईसेट सम्बन्धी जानकारी गराएका थिए भने राष्ट्रिय फुटबल खेलाडी कुसल देउवाले ट्राफि अनावरण गरेका हुन्।

 

उक्त आयोजित खेलमा आयोजक बिध्यालयकाे दुई टिम सगै १५ विध्यालयको टिमकाे सहभागिता रहने बिध्यालय प्रशासन प्रमुख सिंहले जानकारी दिएका छन्।

 

प्रतियोगितामा फ्लोरिडा इन्टरनेश्नल स्कुल, माधवी स्कुल, गुरुकुल, राष्ट्रिय माध्यमिक विद्यालय, बैजनाथ माध्यमिक विद्यालय, बैजनाथ जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण), आदर्श, रेडियन्ट, एपेक्स गोदावरी, मोर्निङ ग्लोरी, महाकाली बहुउद्देश्यीय, लिटिल बुद्ध र आयोजक इन्टरनेश्नल पब्लिक स्कुलका दुई टिम सहभागी हुनेछन ।

 

यहि भदौ १० गते देखि सुरु हुने उक्त खेलमा चार समुहमा चार/चार टिम रहेका छन भने प्रत्येक टिमले तिन सेट खेल्नेछ जस मध्ये चार वटै समुहबाट पहिलो हुने टिमले सेमिफाइनलमा समुह ए र सी बिच प्रतिस्पर्धा हुनेछ भने समुह बि र डि बिच प्रतिस्पर्धाबाट बिजय हुने दुई टिम फाइनलमा भिड्ने छन ।

 

प्रतियोगितामा सहभागी प्रत्येक टिमले ६ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने वेष्ट खेलाडीहरुलाई ट्रफि र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ।

 

आयोजना हुन लागेको फुटबल खेलकाे पुर्वसन्ध्यामा एक कार्यक्रमकाे बिच खेलमा सहभागी हुने खेलाडी बिध्यार्थी र सम्बन्धित बिध्यालयका शिक्षकहरुकाे बिच टाईसेट सार्वजनिक गरिएको हाे ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.