सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने

काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले परस्थिति विश्लेषण गरी विश्वासको मतको सामना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्रीलाई नै दिएको छ ।

संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले निर्णय लिने अधिकार उनैलाई दिएको हो ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य मेघराज खड्काले परस्थितिअनुसार विश्वासको मत फेस गर्ने वा राजीनामा दिने अधिकार मुख्यमन्त्रीलाई दिइएको बताए । संसदीय दलको बैठकले अन्य निर्णय भने गरेको छैन ।

मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कमजोर बन्दै गएको छ ।

अन्तिम समयसम्म विश्वासको मत जुटाउन प्रयास गर्ने र सम्भव नभए प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्रीको तयारी छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.