छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौं– जनकपुरधामको विश्वकर्मा चौक नजिक छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

महोत्तरीको एकडाँडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवाले बताए ।

दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव शौचालय भित्र भेटिएको डिएसपी अवाले बताए । हत्या गरेको आशंकामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.