सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन, सोडारीलाई एमालेले असहयोग गर्ने संकेत

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन ।

यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले संविधानको धारा १६८ को ९२० अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन ।
प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले बताएका छन ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको छ। तर, एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले बताएको छ। सुदूरपश्चिममा एमालेका १० सांसद छन ।
तर एकीकृत समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेपछि सत्ता गठबन्धनमा खटपट देखिएको छ।

सुदुरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पनि विभाजित देखिएका छन ।

सात सांसद रहेको सुदूरपश्चिममा उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पक्षका सांसदहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भए पनि संरक्षक रेशमलाल चौधरी पक्षका सांसद भने नेपाली कांग्रेससँगको समिकरणमा लक्ष्मणकिशोर चौधरीलाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन ।

Leave A Reply

Your email address will not be published.