बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दिउँसो १:०६ बजे भूकम्प गएको हो । बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का दार्चुलामा पनि महसुस गरिएको थियो ।
यसअघि, असोज २१ गते राति बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
