स्थापना दिवसमा नेविसंघद्वारा खाद्यान्न सहयोग

दार्चुला– विविध कार्यक्रम गरी नेपाल विद्यार्थी संघले आफ्नो ५५ औँ स्थापना दिवस मनाएको छ । सोही अनुसार दार्चुलामा पनि नेविसंघले विभिन्न सामाजिक कार्य गरी स्थापना दिवस मनाएको जनाएको छ ।

स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकामस्थितको महेन्द्र नमुना माविको गल्फैस्थित छात्रावासका असहाय बालबालिकालाई खाद्यान्न सहयोग गरिएको नेविसंघ दार्चुलाका उपाध्यक्ष दीपक खातीले जानकारी दिए ।

उपाध्यक्ष दिपक खाती, नेविसंघका धर्मेन्द्र जोशी, भिम ऐरी, रोशन मन्याल, मनिषा धामी र पुस्पा महताको उपस्थितिमा महेन्द्र नमुना माविका सहायक प्रधानाध्यापक दामोदर जोशीलाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।

छात्रावासमा बस्ने विद्यार्थीको लागि ५० किलोग्राम चामल, ५ किलोग्राम दाल र ५ लिटर तेल सहयोग गरिएको उपाध्यक्ष खातीले बताए ।

स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयप्रति आम अभिभावक, विद्यार्थीको आकर्षक बढाउन स्थानीय सरकारले गर्नुपर्ने काम प्रगतिका बारेमा महाकाली नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाइएको नेविसंघले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.