अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

दार्चुला । अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताउनु भएको हो । उहाँले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गर्नु भएको छ।

उहाँले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासँग भेट गर्नु भएको छ । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ।

 

Leave A Reply

Your email address will not be published.