शैल्यशिखरमा शैक्षिक सुधारका लागि बहूपक्षिय अन्तरक्रिया

दार्चुुला : शैल्यशिखर नगरपालिकामा शैक्षिक सुधारका लागि बहूपक्षिय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शैल्यशिखर नगरपालिका र प्रारम्भिक तह पढाइ कार्यक्रम (इजीआरपी) को संयुक्त साझेदारीमा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत लगायतको उपस्थितिमा तीन दिनसम्म वृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
बहूपक्षिय अन्तरक्रिया कार्यक्रममा सामुदायिक विद्यालयहरुको गत वर्षको नतिजाको समीक्षा गर्दै नयाँ शैक्षिक सत्रमा सुधारका पाटा र आगामी रणनीतिक योजना बनाउने बारे बृहत रुपमा छलफल भएको साझेदारी संस्थाका रुपमा रहेको इजीआरपी कार्यक्रमका कार्यक्रम अधिकृत पदम सिंह धामीले जानकारी दिए ।

उक्त अन्तरक्रियात्मक बैठकमा वडागत रुपमा समीक्षा गरिनुका साथै यस वर्षलाई शैक्षिक गुणस्तरको वर्षका रुपमा अगाडी बढाएर शैक्षिक गतिविधि गर्ने निर्णय भएको उनले बताए । कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिका प्रमुख बिजय सिंह धामीले नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक गतिविधिमा बढवा दिने प्रतिवद्धता जनाए ।

अन्तरक्रिर्या कार्यक्रममा गाउँ तथा नगर शिक्षा समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । शैल्यशिखर नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । अन्तरक्रिया कार्यक्रम बैशाख १६ गतेदेखि बैशाख १८ गतेसम्म शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा संचालन भएको हो । कार्यक्रमको सहजीकरण शैल्यशिखर नगरपालिका शिक्षा शाखा, ग्रामिण विकास समाज नेपाल (सीआरडीएस) र विश्व शिक्षाले गरेको थियो ।

यसैबीच शैक्षिक गुणस्तर सुधारका लागि जिल्लाका ९ वटै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम भइरहेको इजीआरपी कार्यक्रमले जनाएको छ । सोही अनुसार ७ वटा स्थानीय तहमा कार्यक्रम गरिसकिएको र बाँकी रहेको मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा पनि सोही अनुरुप कार्यक्रम संचालन गरिने जनाइएको छ । दार्चुला जिल्लाका समग्र ३ सय ३४ वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि कार्यक्रम गरिनेछ ।

Leave A Reply

Your email address will not be published.