लेकममा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

दार्चुला । लेकम गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा नेपाली कांग्रेस गाउँकार्य समिति सभापति कमलापती मिश्रको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गाउँपालिकाको केन्द्र रातामाटामा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

कांग्रेसको लेकम गाउँ कार्यसमितिको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा डाक्टर अक्कलदेब मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस लेकम गाउँपालिकाका बरिष्ट नेता उत्तम नाथ, लेकम गाउँपालिका उपसभापति दौलत सिंह साउद, लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, गाउँकार्यसमितिका पदाधिकारीहरुसहित कांग्रेसका स्थानीय नेता कार्यक्रताहरुको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.