कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रविले बोल्न पाउनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध गरे पनि अब मान्य नहुने बताएका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताए।

उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ?’

उनले अब कांग्रेसलाई पहिला बोल्न नदिने भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिए आफूहरूले बोल्ने बताए। उनले सदनमा भोलिदेखि आफूहरूले बहस गर्न पाउनुपर्ने बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.