सभामुख तटस्थ रहनुभएन : राप्रपाका प्रमुख सचेतक शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुख घिमिरेले सदनमा तटस्थ भूमिका निभाउन नसकेको बताएका हुन् । ‘सभामुख तटस्थ रहनुभएन’ शाहीले भने ।

उनले भने, ‘विरोध प्रदर्शन भइरहेको बेला चाहे प्रतिपक्ष होस्, चाहे प्रमुख प्रतिपक्ष होस्, चाहे कोही स्वतन्त्र सांसद होस् । कसैले आफ्नो माग राख्दै गर्दा, संसद्‌मै उभिंदै गर्दा सभामुखले सभा अगाडि बढाउन मिल्दैन ।’ यस्तो अभ्यास नेपालकै संसदीय इतिहासमा रहेको उनले बताए ।

‘तर हिजोको बैठकमा त्यो परम्परा (कसैले विरोध गर्दा सदन अगाडि नबढाउने परम्परा) देखिएन’ शाहीले भने, ‘त्यही भएर संसदीय व्यवस्था कुकुरको मासु बेच्ने तर खसीको टाउको राख्ने व्यवस्था हो ।’

यसको विकल्पमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाइ छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.