सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले लिए शपथ

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिवार शपथ ग्रहण गराइएको हो।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायत उपस्थिति थिए। शपथ ग्रहणपछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर अगाडी बढ्ने बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.