सहकारी छानबिनबारे संसदीय समितिको टिओआरमा जुटेन सहमति

काठमाडौं– सहकारी छानबिनका लागि बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ ।

आइतबार कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक दुई पटक बसेको थियो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालका अनुसार कार्यदेशको मस्यौदा आदानप्रदान पनि भयो, तर सहमति जुट्न बाँकी छ ।

सत्तारुढ दलहरू समग्र सहकारीको छानबिन गर्ने पक्षमा छन् । खनालले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।’

प्रमुख विपक्षी कांग्रेसले भने सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम अपचलनबारे संसदीय समितिले छानबिन गर्ने कार्यादेशमा उल्लेख हुनुपर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.