रविलाई गगनको चुनौति : फाइल खोल्दिम भनेर धम्क्याउने होइन, खोलेर देखाउनुस्

गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भयो

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्‌मा निरिह रूपमा प्रस्तुत भएको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकार सम्मेलन गर्दैै थापाले यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गर्नुभयो ।

’महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो ।

विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो हाेइन ।महामन्त्री थापाले अगाडि भने, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’

Leave A Reply

Your email address will not be published.