सिरोहिया पक्राउपछि कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं– कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।

उनलाई सीआईबीले कायालयबाटै पक्राउ गरेपछि कर्मचारीहरु आक्रोशमा आएर नाराबाजी गरेका थिए । सिरोहियालाई नियन्त्रण गरी उनकै गाडीमा लगिएको छ । उनलाई एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । दोहोरो नागरिकताको विषयलाई लिएर उनलाई पक्राउ गरेको हो ।

सिरोहिया पक्राउप्रति पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले निन्दा गरेका छन् । उनले यो गलत भएको टिप्पणी गरेका छन् । त्यस्तै, वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि सकारको यस्तो हर्कतको विरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.