ओलीजी दोषजति रविमाथि थोपरेर आफ्नालाई जोगाउन चाहनुहुन्छ : महामन्त्री विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोध कार्यक्रममा उनले ओली गृहमन्त्रीको बहानामा संसदीय छानबिन समिति बनाउन तयार नहुनुका चार कारण प्रस्तुत गरे ।

“तपाईंकै एमालेका कैयौँ साथीहरू – जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन्,” शर्माले भने, “नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ ।”

उनले सरकारको अंकगणितका कारण ओली लामिछानेको बचाउमा उभिएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ०८४ मा पुग्दा उभिन नसक्ने गरी खुल्याउने ओलीको दाउ रहेको उनको भनाइ छ । उनले आफूले जति भक्तपुरका लामिछानेले ओलीलाई बुझ्न समय लाग्ने पनि बताए ।बाह्र खबरीबाट

Leave A Reply

Your email address will not be published.