स्थानीय तहको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन काग्रेश सांसद बडुको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले स्थानीय तहको अनुदान कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले सरकारले संघीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान कटौती गरिदिएका कारण गाउँपालिका महासंघ र नगरपालिका संघ धर्ना र प्रदर्शनमा जान बाध्य भएको बताए।

उनले तत्काल कटौती भएको अनुदानलाई निरन्तरता दिन समेत आग्रह गरे। ुसरकारले संघीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान कटौती गरिदिएका कारण गाउँपालिका महासंघ र नगरपालिका संघ धर्ना र प्रदर्शनमा जान बाध्य भएका छन्,ुउनले भने,ु त्यो कटौती भएको अनुदानलाई तत्काल संचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।ु

सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको करिब २६ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

आइतबार स्थानीय तहका जनप्रतिनिधिहरूले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका थिए।

सरकारको सो निर्णय फिर्ताको माग गर्दै करिब डेढ सय बढी गाउँपालिका तथा नगरपालिकाका मेयररउमपेयर तथा अध्यक्ष रउपाध्यक्षहरू काठमाडौं आएका छन्।

अर्थमन्त्रालयले चालु वर्षका स्वीकृत बजेटअन्तरगत वित्तीय समानीकरण अनुदान कटौती गरेपछि रकम निकासाको माग गर्दै मुलुकभरका स्थानीय तहका प्रतिनिधिहरू राजधानी आएका हुन्।

Leave A Reply

Your email address will not be published.