काठमाडौं– नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । उनले पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।
माओवादीले गरेको कारबाही सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते प्रदेश सभामा पढेर सुनाएसँगै देवकोटा पद मुक्त भएका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।
उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो । देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।