रोहितले लिए सन्न्यास

काठमाडौं– भारतीय कप्तान रोहित शर्माले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट क्रिकेटबाट सन्न्यास लिएका छन्। विराट कोहलीले सन्न्यास लिएको केही समयपछि उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका हुन्। सन्न्यासको घोषणा गर्दै रोहितले योभन्दा राम्रो समय हुनै नसक्ने बताए।

उनले भने,‘म यो ट्रफी जित्न आतुर थिएँ। यसपटक हामी सफल भएकोमा खुसी छौँ।’ रोहितले टेस्ट र एकदिवसीय ढाँचामा भारतका लागि खेल्न जारी राख्ने छन्। तर, छोटो ढाँचाबाट पछि हटेको बताएका छन्।

‘अलविदा भन्नको लागि यो भन्दा राम्रो समय हुन सक्दैन,’ रोहितले खेलपछिको पत्रकार सम्मेलनमा भारतको ऐतिहासिक दोस्रो ट्वान्टी–२० विश्वकप उपाधि जितेको खुसी मनाउँदै भने।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.