बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं– बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाइ सुरक्षित स्थानमा सारिएको हो। सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडिको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

उनले भने, ‘सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ। स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ। बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन्। नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताए।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन्। २०७८ कात्तिक पहिलो साता पनि बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.