दिपक बोहराको मार्मिक देउडा गीत ‘लेकमैको सेरो’ सार्वजनिक (भिडियोसहित हेर्नुहोस्)

दार्चुला– दार्चुला दुर्गम ठाउँ लेकम गाउँपालिका वडा नम्बर १ सर्माेली गाजरीमा जन्मेका गायक तथा सर्जक दिपक बोहराको नयाँ देउडा गित “लेकमैको सेरो” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो। गायक तथा सर्जक बोहराको लय/शब्द र प्रस्तुती रहेको गितमा चर्चित लोक तथा देउडा गायक गोपाल दयाल र ईब्सल संज्यालले स्वर दिएको छ ।

म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितलाई नारायण दंगालले एरेन्ज, मिक्सिङ मनोज परियारले गरेको गितका प्रस्तुतकर्ता बोहराले बताए । माया प्रेमका शब्द चयन गरि आफु जन्मेको ठाँउ दार्चुलाको लेकमलाई सम्वोधन गरेर गित बनाएको प्रस्तुतकर्ता बोहराको बताए ।

हिराकाजी सेन्चुरी, अनिता पौडेल र ठकुरी तेजाको सुन्दर अभिनय रहेको भिडियोलाई मिलन श्रोष्ठले निर्देशन गरेको छ । भने भिडियोमा घरदेशी र प्रदेशीको माया प्रेमलाई देखाईएको छ। सन्तोष तिमल्सिनाले खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन। विगतका दुई गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन बोहराले आग्रह गरेका छन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.