बर्षगाँठकाे दिन सामुदायिक वनमा वृक्षारोपण 

काठमाडौं – कञ्चनपुरको एक दम्पत्तीले बैवाहिक बर्षगाँठका दिन सामुदायिक बनमा बृक्षारोपण गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका धन सिह धामी दम्पत्तीले भिमदत्त नगरपालिका वडा न ३ मा रहेकाे श्री शहिद स्मृति सामुदायिक उपभोक्ता समुह बनमा बृक्षारोपण गरेका छन । आईतबार ३० असारमा विवाह भएको १५औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दाम्पत्तीले सामुदायिक बनको कार्यालय परिसरमा विभिन्न फलफुलका बिरुवा रोपेका छन । १४ बर्षअघि धनसिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए । तीन सन्तानका धामी दम्पत्तीले कौसिमा वृहत  ड्रागनखेती समेत गर्नुको साथै निशुल्क फलफुलको बिरुवा वितरण गर्ने गरेर चर्चा कमाएका छन । ‘सानै कौसि खेतीबाट पनि कृषिमा वृहत क्रान्ति ल्याउन सकिन्छ’ भन्दै अभियन्ता धामीले निशुल्क बोट विरुवा वितरण गर्ने गरेको बताएका छन ।

धामी दम्पत्तीले रक्तचन्दन, श्रृखण्ड, अग्रउड, ड्रागनफल, शितलचिनिको बिउँ बिरुवा रोपेका छन । धनसिह धामीले बर्ष गाँठमा फजुल खर्च भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गरिएको बताए ।

बृक्षारोपणमा धामी दम्पत्ती सहित सामुदायिक बनका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायत स्थानिय बासिन्दाहरु सहभागि भएका थिए । धामी दाम्पत्तीको सो कार्यको प्रसंसा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.