डोटीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं– डोटीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउद पक्राउ परेका हुन्। दुबै जनालाई भरुवा बन्दुकसहित गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरि कोइरालाले जानकारी दिए।

पूर्वीचौकी गाउँपालिका–६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर शुक्रवार ज्यान गएको थियो। उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको कोइरालाले बताए।

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका–८ नारिदाङ स्थित धानको खेतमा लुकेर रहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.