दार्चुला कांग्रेस (देउवा समूह) को सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन,

दार्चुला । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला अधिवेशनबाट सुरेन्द्रप्रसाद अवस्थी सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।
जिल्ला सदरमुकाम खलंगामा आज सम्पन्न विशेष अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ पदाधिकारी र कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपसभापतिमा लालसिंह धामी र दिलिप सिंह महता चयन हुनुभएको छ भने सचिवमा लालबहादुर चन्द निर्वाचित हुनुभएको छ।
अधिवेशनले पदाधिकारीसहित ३७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको महाधिवेशन प्रतिनिधि मदन गिरीले जानकारी दिए ।

जिल्ला अधिवेशनसँगै दार्चुलाका दुवै प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व पनि चयन गरिएको छ। जसअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा भान सिंह धामी र क्षेत्र ‘ख’ को सभापतिमा पुर्ण सिंह साउद चयन हुनुभएको छ। यसअघि नै जिल्लाका नौवटै स्थानीय तहहरूमा पालिका स्तरीय अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको नेता गिरीले बताउनुभयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.